logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘गुन्युचोलो’को प्रदर्शन मिति कात्तिक ९ गते

    ‘गुन्युचोलो’को प्रदर्शन मिति कात्तिक ९ गते

    • E24 Nepal
    • बिहिबार, २८ असार २०८१
    442
    SHARES
    ‘गुन्युचोलो’को प्रदर्शन मिति कात्तिक ९ गते

    लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको फिल्म ‘गुन्युचोलो’को प्रदर्शन मिति तय भएको छ । निर्माता कम्पनी द स्काइ ओसन इन्टरटेनमेन्ट र भिजन इन्टरटेनमेन्टले बिहीबार पोस्टर सार्वजनिक गर्दै कात्तिक ९ गते फिल्म आउने जनाएका छन। पेष्टरमा अभिनेता नाजिक हुसेनलाइ फरक लुक्समा देखाइएको छ । उनी पारालैंगिक महिला देखिएका छन् । ओठमा लिपिस्टिक, आँखामा गाजल, नाकमा नथिया र कानमा ठूलो रिङ लगाएका उनको कपाल छोटो छ । अनुहारमा निलडाम देखिन्छ भने छातीमा चोटको दाग छ । एउटा हातमा स्यान्डिल र अर्को हातमा नक्कली कपाल लिएका उनको आँखामा पीडा र निराशाको भाव झल्किएको छ ।



    निर्देशक समुन्द्र भट्टले निर्देशन गरेको यो फिल्ममा नाजिरको अलावा सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय रहेको छ ।


    बिहिबार, २८ असार २०८१
    सम्बन्धित समाचार
    Go