logo

२०८३ साउन २ शनिबार

‘गुन्युचोलो’को प्रदर्शन मिति कात्तिक ९ गते

‘गुन्युचोलो’को प्रदर्शन मिति कात्तिक ९ गते

  • E24 Nepal
  • बिहिबार, २८ असार २०८१
2.5K
SHARES
‘गुन्युचोलो’को प्रदर्शन मिति कात्तिक ९ गते

लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको फिल्म ‘गुन्युचोलो’को प्रदर्शन मिति तय भएको छ । निर्माता कम्पनी द स्काइ ओसन इन्टरटेनमेन्ट र भिजन इन्टरटेनमेन्टले बिहीबार पोस्टर सार्वजनिक गर्दै कात्तिक ९ गते फिल्म आउने जनाएका छन। पेष्टरमा अभिनेता नाजिक हुसेनलाइ फरक लुक्समा देखाइएको छ । उनी पारालैंगिक महिला देखिएका छन् । ओठमा लिपिस्टिक, आँखामा गाजल, नाकमा नथिया र कानमा ठूलो रिङ लगाएका उनको कपाल छोटो छ । अनुहारमा निलडाम देखिन्छ भने छातीमा चोटको दाग छ । एउटा हातमा स्यान्डिल र अर्को हातमा नक्कली कपाल लिएका उनको आँखामा पीडा र निराशाको भाव झल्किएको छ ।



निर्देशक समुन्द्र भट्टले निर्देशन गरेको यो फिल्ममा नाजिरको अलावा सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय रहेको छ ।


बिहिबार, २८ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go