logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • लोकार्नो को ७७औं संस्करणमा नेपाली फिल्म शाम्बाला छनोट

    लोकार्नो को ७७औं संस्करणमा नेपाली फिल्म शाम्बाला छनोट

    • E24 Nepal
    • बिहिबार, २८ असार २०८१
    650
    SHARES
    लोकार्नो को ७७औं संस्करणमा नेपाली फिल्म शाम्बाला छनोट

    संसारकै प्रतिष्ठित फिल्म फेस्टिभल लोकार्नो को ७७औं संस्करणमा नेपाली फिल्म शाम्बाला छानिएको छ । यो फिल्म पियाजा ग्राण्डे विधामा फिल्म छनोट भएको फेस्टिभलको वेबसाइटमा उल्लेख छ । आगामी साउन २३ देखि भदौ १ गतेसम्म चल्ने फेस्टिभलमा फिल्मका निर्देशक मीनबहादुर भामसहितको टिम सहभागी हुनेछन् ।



    फेस्टिभलमा शाम्बाला छानिए पछि निर्माण कम्पनी सोनी फिल्म्सले सामाजिक सञ्जालमा बक्तव्य जारी गर्दै भनेको छ, ‘यो अविश्वसनीय समाचार हो । लोकार्नो बोल्ड र नवीन फिल्ममा आफ्नो फोकसको लागि प्रख्यात छ । त्यसैले पियाजा ग्राण्डे खण्डको लागि ‘शाम्बाला’लाई छनोट गर्नु अविश्वसनीय हो । हामी ठूलो पर्दामा फिल्म हेर्न र स्वीस दर्शकसँग साझेदारी गर्न धेरै पर्खन सक्दैनौं । यो एक सानदार उत्सवको आयोजना हो ।’

    ‘लोकार्नो फेस्टिभलमा बलिउड सुरस्टार शाहरुख खानलाई पनि सम्मान गरिँदैछ । यो महोत्सवमा शाहरुखको सर्वाधिक सफल र यादगार फिल्म ‘देवदास’ पनि देखाइने जनाइएको छ ।


    बिहिबार, २८ असार २०८१
    सम्बन्धित समाचार
    Go