आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को दोस्रो गीत ‘पूरा भयो सपना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा रवि ओड र बेनिशा पौडेलको स्वर रहेको छ भने राजेन्द्र बजगाईंको संगीत तथा भीष्मराज फूलाराको शब्द छ । गीतमा भिडियोमा मुख्य अभिनेता ध्रुव थापा र अभिनेत्री कृष्टि गुरुङ फिर्चड छन ।
राजु गिरीको निर्देशनमा तयार भएको फिल्ममा ध्रुव र कृष्टिको अलावा सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, अनु शाह, रविन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाईंको अभिनय रहेको छ । दिव्या कंगना फिल्म्सको ब्यानरमा हरिबहादुर थापाले निर्माण गरेको यो फिल्ममा अन्तरजातीय प्रेममा आउने अवरोधको कथालाइ प्रस्तुत गरिएको छ ।
फिल्ममा निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद, रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd