बिपिन कार्कीको अभिनय रहेको फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति घोषणा भएको छ । निमाण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै मंसिर ७ गते लाइ रिलिज डेटे घोषणा गरेका हुन् ।
सार्वजनिक गरिएके पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र वृद्ध गरी दुई फरक चरित्रमा चित्रण गरिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित अमेरिकी कलाकार छन् ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो फिल्मलाइ शंकर घिमिरेले निर्देशन गरेका हुन । यो फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । अव वाकी छायाकन नेपालमा हुने छ । फिल्मलाइ अनिश पाण्डे र शिवराज कार्कीले निर्माण गरेका हुन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd