logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • अनमोल केसीको पारिश्रमिक ५० लाख

    अनमोल केसीको पारिश्रमिक ५० लाख

    • E24 Nepal
    • सोमबार, ३२ असार २०८१
    598
    SHARES
    अनमोल केसीको पारिश्रमिक ५० लाख

    नेपाली फिल्म वजारमा सधै चलिरहने कुराकानीहरु मध्य अनमोल केसीको पारिश्रमिक पनि हो । सवैको चासोको विषय अनमोलको पारिश्रमिक कति हो भन्ने हुन्थ्यो । अव यो चासोपनि सकिएको छ । अनमोलले फिल्ममा काम गरे वापत ५० लाख लिन्छन भनेर आफैले प्रमाणित गरिदिएका छन । उनले फिल्म ‘फर्की फर्की’ बाट प्राप्त गरेको पारिश्रमिक बापत तिरेको करको रकम खुलाएका छन् । निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन् ।
    अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन् ।



    पहिलोपटक कुनै फिल्म अभिनेताले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।


    सोमबार, ३२ असार २०८१
    सम्बन्धित समाचार
    Go