logo

२०८२ मंसिर २२ आइतबार

logo
  • आइतबार, २२ मंसिर २०८२
  • नम्बरी सुन’ को टिमले दर्शकलाइ सुन उपहार दिने

    नम्बरी सुन’ को टिमले दर्शकलाइ सुन उपहार दिने

    • E24 Nepal
    • मंगलबार, १ साउन २०८१
    1.5K
    SHARES
    नम्बरी सुन’ को टिमले दर्शकलाइ सुन उपहार दिने

    आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म नम्बरी सुन’ को टिमले फिल्मको पव्लिसिटीको लागि दर्शकलाइ सुन उपहार दिने भएको छ । फिल्मको टिमले प्रसमिट गर्दै फिल्म हेर्ने दर्शकमध्ये १२ जनालाई सुन उपहार दिने बताएको हो । खल्ती एप’बाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई सुनको मोतीवाला ‘चन्द्रहार’ प्रदान गरिनेछ । त्यो उपहार ‘लक्की ड्र’ मार्फत् सार्वजनिक गरिने प्रस्तुतकर्ता खातीले जानकारी दिए । पेशाले सुन व्यवसायी समेत रहेको निर्माता खातीले यसअघि फिल्मको एक गीत सार्वजनिक कार्यक्रममा निर्देशक राजु गिरीलाई खुकुरी अंकित नम्बरी सुन समेत उपहार दिएका थिए ।

    फिल्ममा लगभग ७० वर्षअघि घर–घर पुगेर सुनको गरगहना बनाउनेको कथालाई प्रस्तुत गरेको निर्माण टिमले वताएको छ । फिल्ममा नम्रता सापकोटा,गौरव पहारी, सरोज खनाल, राजाराम पौडेल, सविन बाँस्तोला, राजेन्द्र खड्गी, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, आदिको अभिनय रहेको छ । फिल्मलाइ मनोज रिजाल, सविन खाती र सरोज खातीले निर्माण गरेका हुन ।


    मंगलबार, १ साउन २०८१
    सम्बन्धित समाचार
    Go