logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘ज्वाइँ साब’को छायांकन ३० दिनमा पूरा

    ‘ज्वाइँ साब’को छायांकन ३० दिनमा पूरा

    • E24 Nepal
    • शुक्रबार, ४ साउन २०८१
    403
    SHARES
    ‘ज्वाइँ साब’को छायांकन ३० दिनमा पूरा

    अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहले पहिलोपटक सहकार्य गरेको फिल्म ‘ज्वाइँ साब’को छायांकन ३० दिनमा पूरा भएको छ । २३ दिन चित्लाङ र ७ दिन चितवनमा छायांकन गरेपछि फिल्म ‘प्याकअप’ भएको निर्देशक वसन्त निरौलाले जानकारी दिए । फिल्मको पोस्ट प्रडक्सनको काम पनि सुरु भइसकेको छ । यस वर्षको तिहारमा फिल्मलाई प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।
    फिल्ममा जितु र नीतिसहित शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, कविता आले, बुद्दि तामाङ, शिवहरि बैरागी, राजेन्द्र नेपाली, हिमेश पन्त, निमा पाण्डे लगायतको अभिनय छ । जितु र नीतिको जोडी बाँधिएकाले फिल्म रोचक हुनसक्ने देखिन्छ ।
    रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्य गरेको फिल्ममा राजकुमार पण्डित प्रस्तुतकर्ता एवं सौगात पण्डित, मिनादेवी पाण्डे र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, सविन अधिकारीको कथा एवं शंकर धितालको पटकथा र संवाद लेखन छ ।




    शुक्रबार, ४ साउन २०८१
    सम्बन्धित समाचार
    Go