logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • बोर्ड अध्यक्षका लागि फिल्मकर्मीहरुको दौडधुप सुरु

    बोर्ड अध्यक्षका लागि फिल्मकर्मीहरुको दौडधुप सुरु

    • E24 Nepal
    • शुक्रबार, ४ साउन २०८१
    520
    SHARES
    बोर्ड अध्यक्षका लागि फिल्मकर्मीहरुको दौडधुप सुरु

    नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यही साउन ९ गतेबाट रिक्त हुँदैछ । अहिलेका वोर्ड अध्यक्ष भुवन केसीको कार्यकाल सकिँदैछ । उनी बोर्डबाट विदा हुन एक हप्ता बाँकी हुँदा अध्यक्षका लागि फिल्मकर्मीहरुको दौडधुप सुरु भैसकेको छ ।
    अहिले एमाले र कांग्रेसको संयुक्त सरकार बनेका कारण अध्यक्षका लागि आकांक्षीको केही अनुहार मिडियामा देखिन थालेको छ । सञ्चार मन्त्रालय एमालेले पाएकाले यही एमाले निकटका फिल्मकर्मीहरुले सक्रियता बढाइरहेका छन् ।
    यतिवेला बोर्ड अध्यक्षका लागि सबैभन्दा बलियो दाबेदारमा दुई अनुहार देखिएका छन् । जो एमालेका सदस्यपनि हुन । र, उनीहरु दुवै प्रधानमन्त्री ओलीसँग सिधै पहुँच राख्ने फिल्मकर्मी हुन् । यसैले ओलीले बोर्ड अध्यक्षका लागि चासो देखाएको अवस्थामा करिश्मा र दिनेशमध्ये एक हुनसक्ने सम्भावना प्रवल देखिएको छ । करिश्मा र दिनेशको कुरा वाहिर आइरहदा को हुन सक्छन भनेर सम्भावना खोज्नेहरुपनि यतिवेला खोजिका लागि व्यस्त नै छन । वाहिर चलेको हल्लालाइ आधार मान्ने हो भने दिनेशको सम्भावना वढदै गएको वताइन्छ । यसअघि एमाले सरकारमा रहँदा स्वर्गीय केशव भट्टराई र दयाराम दाहाललाई बोर्ड अध्यक्ष बनाउन दिनेशको ठूलो भूमिका थियो । त्यसबेला उनले अध्यक्ष बन्न इच्छा देखाएनन् । तर, यसपटक उनी आफैं बोर्ड अध्यक्षका लागि लबिङमा छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणमा ओलीलाई बधाई दिन दिनेश राष्ट्रपति भवनमै पुगेका थिए । यसले पनि उनको दौडधुप देखाउँछ । यता २०७८ सालमा एमाले बनेकी करिश्माले आफूले बोर्ड अध्यक्षका लागि ‘लबिङ’ नै नगरेको बताएकी छन् । यद्यपि, पार्टीले जिम्मेवारी दिए सम्हाल्न तयार रहेको उनको भनाई छ । ३ वर्षमा पार्टीले उनलाई चुनाव प्रचारमा अनुहार भजाउनबाहेक अरु कुनै जिम्मेवारी दिएको छैन । त्यसैले उनलाई पार्टीमा टिकाइराख्न पनि बोर्ड अध्यक्ष दिन सक्ने सम्भावना छ । र, उनी पनि विश्वस्त देखिएकी छन् ।
    यसका अलावा नेपाल चलचित्र संघका अध्यक्ष निर्माता नरेन्द्र महर्जन, पूर्व बोर्ड सदस्य तथा निर्माता अर्जुन कुमार, सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा र केएल पिडितले पनि बोर्ड अध्यक्षका लागि आफू निकट एमालेका नेता तथा मन्त्रीसँग लबिङ गरिरहेको स्रोतको दाबी छ । सम्भवतः साउन अन्तिम वा भदौ पहिलो सातासम्ममा बोर्डले नयाँ अध्यक्ष पाउन सक्छ । अध्यक्षको कार्यकाल दुई वर्षको हुने गर्छ ।




    शुक्रबार, ४ साउन २०८१
    सम्बन्धित समाचार
    Go