कलाकार तथा निर्माता रिचा घिमिरेले निर्माण गरेको फिल्म ‘तेल भिसा’को छायांकन सकिएको छ । दुई चरणमा गरी ३५ दिनमा फिल्म ‘प्याकअप’ भएको हो । करिब १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेका शंकर घिमिरेले निर्देशन गरेको यो फिल्मकाृ गत शनिबार चितवनको एक गाउँमा अन्तिम दृश्य खिचिएको थियो । फिल्मको पहिलो चरणको छायांकन भने अमेरिकामा गरिएको थियो । त्यहाँ ७० प्रतिशत छायांकन गरिएपछि बाँकी नेपालमा खिचिएको हो ।
इन्डक्ल्यापमा भरतपुर महानगरकी मेयर रेणु दाहाल समेत पुगेकी थिइन् । उनले फिल्मका निर्देशक, कलाकार तथा प्राविधिकलाई एकसिंगे गैंडाको प्रतिमा उपहार दिएकी थिइन् ।
फिल्ममा अभिनेता विपिन कार्की प्रमुख भूमिकामा छन् । उनी वृद्ध र जवान अर्थात् बुबा र छोरा गरी उनको दोहोरो भूमिका छ । उनको जवान भूमिकामा अभिनेत्री वर्षा राउत श्रीमती बनेकी छिन् भने वृद्ध भूमिकामा अभिनेत्री पूजा चन्दले श्रीमती भएर अभिनय गरेकी छिन । त्यस्तै झन्डै एक दशकपछि अभिनयमा फर्किएकी अभिनेत्री ऋचा घिमिरेले फिल्ममा वकिलको भूमिकामा निभाएकी छन् ।
वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd