मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘तिमी सँग’ बोलको रोमान्टिक भावको गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ भने लेखु सहयात्रीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।
गीतमा अभिनेत्री आँचल शर्मा र नव(अभिनेता विवेक कर्माचार्य फिर्चड छन् । रोमानियामा छायाकन गरिएको गीतमा उनीहरुको एकअर्काप्रति प्रेम र आशक्ति दर्शाउँछ ।
आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा आँचल र विवेकको अलावा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ,कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ ।
जानुका थापा र डा. अमित रिजालले निर्माण गरेको यो सुदिप बरालको छायांकन एवं प्रदीप भारद्वाजको लेखन रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd