आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टर फिल्मका मुख्य अभिनेता हरिहर अधिकारी ‘एंग्री योङम्यान’को लुक्समा देखिएका छन् । कुर्सीमा बसेर एउटा हातमा तात्तातो चियाको गिलास समातेका उनको शरीर रगताम्मे छ । यसले फिल्ममा उनको चरित्र हिंसात्मक रहेको संकेत गर्छ ।
हरिहरसँगै पोस्टरमा प्रशान्त ताम्राकार, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल वर्मा र साउथ अभिनेता कबीर दुहन सिंह पनि चित्रित छन् ।
चन्द्र पन्तले निर्देशन निर्देशन गरेको यो फिल्ममा नीता ढुंगाना, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झाको पनि अभिनय रहेको छ । नीता फिल्मसको व्यानरमा धनन्जय गलानीले निर्माण गरेको यो फिल्ममा हरिहर अधिकारीको कथा एवं प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd