logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • ‘छक्का पञ्जा ५’पहिलो गीत सार्वजनिक

    ‘छक्का पञ्जा ५’पहिलो गीत सार्वजनिक

    1.2K
    SHARES
    ‘छक्का पञ्जा ५’पहिलो गीत सार्वजनिक

    दिपक दिपाको नया फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन मिति जति नजिक आउदैछ त्यति नै फिल्मले चर्चा पाइरहेको छ । फिल्म प्रदर्शनका लागि करीव अझै डेढ महिना बाँकी रहँदा पहिलो गीत सार्वजनिक गरेको छ ।सार्वजनिक भएको ‘बिहे भाको छैन’ बोलको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ भने दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा बनेको गीतमा फिल्मका शीर्ष अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा सिवाकोटी चित्रित छन् । गीतले उनीहरुबीचको प्रेमलाई दर्शाउँछ । कहिले यो जोडी दुलहा(दुलही बनेर देखिएका छन् भने कहिले क्लबमा नाच्दै प्रस्तुत छन् । अन्तिममा फिल्मका शीर्ष कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि देखिन्छन् ।
    दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।
    फिल्म दशैंको असोज २४ गते देखि प्रदर्शनमा आउँदैछ ।

     


    बुधबार, ३० साउन २०८१
    सम्बन्धित समाचार
    Go