logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ‘ज्वाइँ साब’ फर्स्टलुक पोस्टर सार्वजनिक

    ‘ज्वाइँ साब’ फर्स्टलुक पोस्टर सार्वजनिक

    611
    SHARES
    ‘ज्वाइँ साब’ फर्स्टलुक पोस्टर सार्वजनिक

    ‘आगामी असोज २४ गते छक्का पञ्जा’रिलिज हुन कुरा त यस अघि नै समचारहरु आइसकेका छन । अब फूलपाती अर्थात असोज २४ मा अर्को दुई फिल्म भिड्ने भएका छन् । ति फिल्महरुमा ‘ज्वाइँ साब’ र १२ गाउ रहेको छ । गत मंगलबार ज्वाइ सावको टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेको हो ।



    यो फिल्ममा लामो समय ‘छक्का पञ्जा’ समूहमा रहेर काम गरेका अभिनेता जितु नेपाल ‘ज्वाइँ साब’मा केन्द्रीय भूमिकामा छन् । यसले गर्दा यो भिडन्तलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ज्वाइँ साब’को पोस्टरमा जितु र अभिनेत्री नीति शाह बेहुला(बेहुलीको पहिरनमा देखिएका छन् । एउटामा जितु चढेको डोली बुद्धि तामाङ र हिमेश पन्तले बोकेका छन् । नीति भने घुम्टो समातेर मुस्कुराएको भावमा प्रस्तुत छिन् । उनी भने डोलीमा चढेकी छैनन् । पोस्टर हेर्दा जितु र नीतिको विवाहको कथामा फिल्म केन्द्रित रहेको बुझिन्छ । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

    यो फिल्ममा शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले लगायतको पनि अभिनय छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । फिल्मको निर्मातामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ छन् ।


    बुधबार, ३० साउन २०८१
    सम्बन्धित समाचार
    Go