logo

२०८३ भाद्र ३० मंगलबार

‘रावायण’को शीर्ष गीत सार्वजनिक

‘रावायण’को शीर्ष गीत सार्वजनिक

4.5K
SHARES
‘रावायण’को शीर्ष गीत सार्वजनिक

आगामी भदौ २१ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा साउथ फिल्म ‘पुष्पा २’को गीत ‘पुष्पा पुष्पा’का गायक नाकाश अजिजको स्वर रहेको छ भने कृष्णहरी बरालको शब्द रचना र रेवन आरती सिंहको संगीत छ । गीतले त्रेता युगका रावण पात्रको बखान गरेको छ । यसमा अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन् । र, दुवैमा उनको गेटअप फरक छ । अभिनेत्री पूजा शर्मा पनि गीतमा प्रस्तुत छिन् । गीतको अन्तिममा निर्देशक सुदर्शन थापाको प्रवेशले ‘सरप्राइज’ दिन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल आदिको पनि अभिनय रहेको छ । पुजा शर्मा र सुर्दशन स्वयमको निर्माण रहेको यो फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रेवनसहित निरज सिंहको संगीत एवं श्री श्रेष्ठको द्वन्द्व छ ।
केही दिनअघि ‘फिल्मको एक्सन प्रधान’ टिजर सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले मन पराएका छन् । युट्युबमा मात्र १० लाख बढी भ्यूज मिलिसकेको छ ।


बुधबार, ३० साउन २०८१
सम्बन्धित समाचार
Go