आगामी भदौ २१ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा साउथ फिल्म ‘पुष्पा २’को गीत ‘पुष्पा पुष्पा’का गायक नाकाश अजिजको स्वर रहेको छ भने कृष्णहरी बरालको शब्द रचना र रेवन आरती सिंहको संगीत छ । गीतले त्रेता युगका रावण पात्रको बखान गरेको छ । यसमा अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन् । र, दुवैमा उनको गेटअप फरक छ । अभिनेत्री पूजा शर्मा पनि गीतमा प्रस्तुत छिन् । गीतको अन्तिममा निर्देशक सुदर्शन थापाको प्रवेशले ‘सरप्राइज’ दिन्छ ।
सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल आदिको पनि अभिनय रहेको छ । पुजा शर्मा र सुर्दशन स्वयमको निर्माण रहेको यो फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रेवनसहित निरज सिंहको संगीत एवं श्री श्रेष्ठको द्वन्द्व छ ।
केही दिनअघि ‘फिल्मको एक्सन प्रधान’ टिजर सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले मन पराएका छन् । युट्युबमा मात्र १० लाख बढी भ्यूज मिलिसकेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd