आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आँखा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको डेढ मिनेटको टिजरमो काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई देखाइएको छ । टिजर मर्मस्पर्शी बनेको छ ।
केही समयअघि काठमाडौंका विभिन्न नदी किनारमा टहरो बनाएर बसोबास गर्दै आएका सुकुम्बासीहरुको संरचनालाई महानगरले बलपूर्वक हटाउन प्रयास गर्दा उत्पन्न झडप र आन्दोलनको स्मरण टिजरले गराउँछ ।
जौन योन्जनले निर्देशन गरेको यो फिल्ममा स्मिता लामिछाने, आरके मेहता, सरोज खनाल, पशुपति राई, राजन खतिवडा, लुनिभा तुलाधर, प्रविण खतिवडा, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय रहेको छ ।
फिल्ममा निर्देशक योन्जनकै कथा, पटकथा लेखन,आलोक शुक्लाको छायांकन, दिपक आरजे र जयन जे वाइवाको संगीत, कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd