पुजा शर्मा र सुर्दशन थापाले निर्माण गरेको फिल्म रावायणले यतिवेला निकै चर्चा पाइरहेको छ । गत बिहीबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो, जुन एक्सनले भरिएको छ । हिंसात्मक बाटो अपनाएको एउटा पात्रले प्रेमका लागि मच्चाएको वितण्ड र प्रेमको रक्षाका लागि अर्को पात्रले गरेको संघर्षलाई ट्रेलरले देखाउँछ । दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह सशक्त एक्सन अवतारमा प्रस्तुत छन् ।
अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको भूमिकामा छिन् । अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा देखिएकी छन् । ट्रेलरमा एक्सन दृश्यहरु सशक्त छन् । संवादहरु पनि वजनदार छन् । क्यानभास ठूलो छ । मेकिङमा मिहिनेत र खर्च झल्किन्छ । ‘रावायण’ यही भदौ २१ गते अर्थात् तीज विदाबाट प्रदर्शन हुँदैछ ।
सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल, शर्मिला मल्ल लगायतको पनि अभिनय छ । एक गीतमा अभिनेत्री नीकिता चाण्डकको नृत्य गरेकी छन् । फिल्मलाइ पुजा शर्माले निर्माण गरेकी हुन । फिल्ममा सौरभ लामाको छायांकन शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, मिलन श्रेष्ठको सम्पादन एवं श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd