logo

२०८२ फाल्गुन २६ मंगलबार

logo
  • मंगलबार, २६ फाल्गुन २०८२
  • रावायणको रि सेन्सर,१६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्ने

    रावायणको रि सेन्सर,१६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्ने

    2.5K
    SHARES
    रावायणको रि सेन्सर,१६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्ने

    नायक पल शाह र नायिका पुजा शर्माको फिल्म रावायणको रि सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार(भोलि) विहानै बाट अब फिल्म “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन । २,३ संवादमा बिप र २,३ सट मा ब्लर गरि केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’लार्ई पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर फिल्म हेर्न पाउने भएका छन ।
    यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो ।
    फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको फिल्मले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।
    सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र पलसहित प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।


    सोमबार, २५ भाद्र २०८१
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go