logo

२०८२ मंसिर २१ शनिबार

logo
  • शनिबार, २१ मंसिर २०८२
  • ‘डिएनए’को टिजर सार्वजनिक

    ‘डिएनए’को टिजर सार्वजनिक

    1.3K
    SHARES
    ‘डिएनए’को टिजर सार्वजनिक

    हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’को टिजर सार्वजनिक गरिएको छ, जसमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायाङ्कन अघि नै यो चलचित्रको ‘अनाउन्समेन्ट टिजर’ रिलिज गरिएको हो।

    टिजरमा अभिनेता सुधन पोखरेल एक व्यक्तिले रक्षा गर्न सङ्घर्ष गरिरहेको एक रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश देखेपछि अचम्मित भावमा देखिन्छन्। निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश कुनै पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ। पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित यस थ्रिलर चलचित्रमा सुधनसँगै दिपक केसी र चिरायु पौडेललगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ।

    चलचित्र ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए ।

    यो चलचित्रको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ । चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ ।

    चलचित्रमा राजु तामाङको एक्सन निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायाकार यज्ञलाल ज्ञवाली हुन् । मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, बर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ । चलचित्रका मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली तथा चलचित्रका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन् ।


    मंगलबार, ८ असोज २०८१
    सम्बन्धित समाचार
    Go