logo

२०८२ माघ २६ आइतबार

logo
  • आइतबार, २६ माघ २०८२
  • ‘मायाका रंङहरु’को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित

    ‘मायाका रंङहरु’को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित

    1.5K
    SHARES
    ‘मायाका रंङहरु’को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित

    गत वर्ष नै निर्माण घोषणा गरिएको सिनेमा ‘मायाका रंङहरु’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन् । निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष सिनेमामा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो ।

    सोमबार परेको अभिनेता राउतको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टर सहित सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको हो । यसअघि सिनेमाको मुख्य भूमिकामा पल शाह लगायतका कलाकारहरु अनुबन्धित भएका थिए । उनीहरु सिनेमामा रहने नरहने कुनैपनि जानकारी निर्माण टिमले दिएको छैन् । डेव्यु निर्देशक केवल तामाङका अनुसार सिनेमा पूर्ण रुपमा नयाँ शिराबाट निर्माण गर्न लागिएको छ ।

    प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमामा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

    सिनेमाको सह–निर्मातामा आरबी थाङदेन, जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । तिहारपछि छायांकनको तयारीमा रहेको सिनेमा नयाँ वर्ष २०८२ को आसपासमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।


    मंगलबार, २२ असोज २०८१
    सम्बन्धित समाचार
    Go