गन्धर्व समुदायको कथामा आधारित भएर बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । ‘काँधेकुरी’ गीत रिलिजपछि चर्चामा रहेको फिल्मले गत बिहीबार सार्वजनिक ट्रेलरबाट पनि राम्रो ‘हाइप’ निर्माण गरेको छ । युट्युबमा ट्रेलरलाई आकर्षक भ्यूज मिलेको छ भने प्रतिक्रिया पनि सकारात्मक प्राप्त छ ।
युट्युबको फिल्म सेक्सनतर्फ ट्रेन्डिङको छैटौं नम्बरमा रहेको ट्रेलरलाई साढे ६ लाख बढीले हेरिसकेका छन् । यसले फिल्मप्रति दर्शकको उत्साह बोल्छ । ट्रेलर हेरेर प्रतिक्रिया जनाउनेको संख्या भने १४ सय बढी छ । फिल्मको कथावस्तु र अभिनेता विजय बरालको अभिनयको प्रशंसा भहिरहेको छ फिल्मको अर्गानिक कथावस्तुलाई दर्शकले रुचाएका छन
सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको जीवनलाई ट्रेलरले समेटेको छ। बाबु र छोराबीचको सम्बन्धलाई आधार बनाएर फिल्मले जीवनयापन लागि गन्धर्व समुदायले गर्ने संघर्ष र उनिहरुले सामाजिक रुपमा भोग्ने गरेको विभेदको कथा फिल्मले उठाएको छ । ट्रेलरले अभिनेता विजय बरालले निभाएको पूर्णबहादुर पात्रलाई मुख्य रुपमा कथाको आधार बनाएको छ जसले छोरालाई शिक्षित बनाउने सपना देखेको छ । पूर्णबहादुरको छोराको भूमिकामा अभिनेता प्रकाश सपूत छन् । ट्रेलरमा विजयको अभिनय मर्मस्पर्शी लाग्छ जहाँ उनलाई जवान र वृद्ध गरी दुई रुपमा देख्न सकिन्छ । सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र प्रकाशसहित अन्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd