चलचित्र ’छ्क्का पन्जा ५’ तेस्रो गीत सार्वजनिक भएको छ । ’यो माया बनाउने को हो’ बोलको गीत निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा तयार भएको हो । सम्भुजित बास्कोटाको संगीत रहेको गीतको शब्द डा कृष्णहरि बरालले लेखेका हुन । प्रेमभाव प्रकट भएको गीतमा चलचित्रका मुख्य कलाकार दिपक राज गिरी र बर्षा शिवाकोटी रोमान्टिक अन्दाज्मा प्रस्तुत छन । फूलपातीबाट प्रदर्शन्मा आएको फिल्मको रिलिज पछी यो गीत सार्वजनिक गरिएको हो । फिल्मले अहिले आक्रमक व्यापार गरिरहेको छ । । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd