logo

२०८३ साउन २९ शुक्रबार

‘इकु’ रिहा

‘इकु’ रिहा

  • kollywood_khabar
  • आइतबार, ११ कार्तिक २०८१
3.7K
SHARES
‘इकु’ रिहा

कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले जानकारी दिए ।इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।धरौटीमा रिहा भएका इकुले आफू अभिनित फिल्म ‘१२ गाउँ’को प्रचार थालेका छन् । आफूले केही हल भिजिट गरेर दर्शकसँगै फिल्म हेरेको उन्को भनाइ छ ।
विराज भट्ट निर्देशित फिल्ममा इकुको शीर्षमध्येको भूमिका छ । उनी फिल्ममा विराजका सहयोगीको भूमिकामा देखिएका छन् । इकुको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । धेरै समय पछी उन्को फिल्म करियरमा यो सफल फिल्म जोडीएको छ ।




आइतबार, ११ कार्तिक २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go