नेपाली फिल्मकर्मीबीच बेला बखतमा कुनै न कुनै विषयमा घोचपेच र आरोप–प्रत्यारोप चलिरहेको हुन्छ। यतिबेला अभिनेता तथा हल व्यवसायी दीपकराज गिरी र निर्देशक निश्चल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । मंगलबार दीपकराजले फेसबुकमा स्टाटस लेख्दै फिल्मले शो पाएन भनेर उफ्रने फिल्मकर्मीप्रति कटाक्ष गरेपछि निश्चलले ‘काउन्टर’ जवाफ फर्कएका छन् ।
दीपकराजले फेसबुकमा लेखेका थिए, ‘प्रायः हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौं तर हेरौं त नगन्य शोबाट सुरू भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले आफूलाइ कहाँ पु¥यायो ? योभन्दा पहिला ‘१२ गाउँ’ त्यस्तै । समस्या कहाँ रहेछ त ?’ उनको यो कटाक्ष स्वभाविक रुपमा निश्चलप्रति लक्षित रहेको सजिलाई अनुमान लगाउन सकिन्छ। किनकि, निश्चलले ‘बेहुली फ्रम मेघौली’ले अपेक्षित शो नपाएको भन्दै हलबाट फिल्म उतारेका थिए । तेसैले आफुलाई घुमाउरो पारामा दीपकले कटाक्ष गरेपछी निश्चल चुप बस्न सकेनन् ।
उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै विदेशी फिल्म राम्रो हुन्छ भनेर पहिल्यै सोच्ने र छरपस्ट शो दिनसक्ने दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ र राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन भन्दै तर्किक प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘सधै नेपाली फिल्मले चाहिँ प्रमाणित गरिरहनु पर्ने हो ? निर्माताले शो थपिदिनुन् भनेर गुहार्नु पर्ने नै हो ? प्रष्ट छ… विदेशी फिल्मको शो घटाइएर नेपाली फिल्मलाई दिएका छौं भनेर भ्रम नछर्दा हुन्छ ।’
नेपाली फिल्मले आफ्नो बलबुतामा दर्शकलाई हलसम्म ल्याएको उनको दाबी छ । ‘यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो–हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो,’ उनी लेख्छन्, ‘कमसेकम फिल्म बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइनँ । बोल्नभयो, ठीक गर्नुभयो, चिनियो ।’ निश्चलले स्टाटसमा नाम उल्लेख नगरे पनि उनको संकेत दीपकप्रति रहेको प्रष्ट बुझिन्छ ।
निश्चलको स्टाटसलाई लिएर दीपकराजको कुनै जवाफ आएको छैन । तर, उनले बिहीबार बिहान आफ्नो एक तस्वीर फेसबुकमा सेअर गर्दै लेखेको स्टाटस भने निश्चितप्रति नै लक्षित रहेको बुज्न सकिन्छ। उनले लेखेका छन्, ‘संसारमा सबै प्रश्नका उत्तर हुन्छन्, तर मौनता सबैभन्दा राम्रो र जटिल उत्तर हो ।’ आफूसँग प्रश्नको उत्तर भए पनि मौन बस्नु नै राम्रो उत्तर हुने उनको स्टाटसको आशय छ ।
नेपाली फिल्मले चै आफुलाई प्रमाणित गरेपछी मात्र राम्रो सो दिने मान्सिक्ताबाट हल संचालकहरु आजको मितीबाट नै मुक्त हुँदा हुन्छ । बिदेसी फिल्मलाई आँखा चिम्लेर भरोसा गरेर छर्पस्ट सो दिदा जहिले पनि चल्छ भन्ने हुँदैन भन्ने कुरा अहिले प्रमाणित नै भयिसकेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd