logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘अग्निदहन’को ट्रेलर रिलिज

    ‘अग्निदहन’को ट्रेलर रिलिज

    • kollywood_khabar
    • शुक्रबार, २३ कार्तिक २०८१
    1.2K
    SHARES
    ‘अग्निदहन’को  ट्रेलर रिलिज

    आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अग्निदहन’को बिहीबार ट्रेलर रिलिज गरिएको छ । युट्युबमार्फत् सार्वजनिक २ मिनेट ३८ सेकेण्ड लामो ट्रेलरले बोक्सीको आरोपमा महिलालाई दिइने यातना र तेस्को प्रभावले एक युवतीको मानसिक अवस्थामा पर्ने असरलाई देखाएको छ । बोक्सीको नाममा महिलामाथि हुने हिंसा समाजमा अहिलेसम्म पनि कायम रहेको यथार्थ ट्रेलरले प्रस्ट पार्छ । बोक्सीको आरोपमा महिलामाथि गरिने अमानवीय व्यवहारको कथामा फिल्म छ । एक अधवैशे महिलालाई संदिग्ध पात्रको रुपमा देखाइएको छ । यही महिलाको क्रियाकलापबाट एक बालिका त्रसित रहेको र धामी–झाँक्रीबाट बोक्सीको आरोप लगाउँदै सोही महिलालाई चरम यातना दिइएको दृश्य ट्रेलरमा देखाइएको छ । । फिल्मको कथा साहित्यकार लोकमणि पौडेलको उपन्यासमा आधारित छ । फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङ लगायतको अभिनय छ ।
    कोविदशरण उपाध्यायको परिकल्पना रहेको फिल्ममा लोकमणी पौडेल र परिच्छेद सेनको कथा, पटकथा तथा संवाद छ । फिल्ममा दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ । यो फिल्मलाई मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको छ ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको निर्माण रहेको ‘अग्निदहन’ले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र अवार्ड’ समेत पाएको छ । यसअघी बैशाखमा प्रदर्शनमा आएको व्यावसायिक रुपमा सफल फिल्म ‘बोक्सीको घर’ पनि बोक्सी कुप्रथाकै कथामा बनेको थियो । ‘बोक्सीको घर’ सफल भएपछी सोही विषयमा यो फिल्म रिलिज हुन लागेको हो ।




    शुक्रबार, २३ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go