करिब ३२ वर्षअघिको चर्चित डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको पहिलो नेपाली फिचर फिल्म ‘मिसिङ ः केटी हराएको सूचना’को अहिलेसम्म सार्वजनिक २ वटा टिजर र ट्रेलरले राम्रो चर्चा बटुलिरहेको छ । फिल्मको ’हेर्दै जाउ’बोल्को गितलाई पनि दर्शकले मन पराएका छन । फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र केही समयपछी सम्बन्धमा आउने परिवर्तनको कथालाई फिल्मले प्रस्तुत गरेको छ ।
अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको डेटिङ एपबाट चिनजान हुन्छ । त्यसपछि घनिष्ट मित्र बनेका उनीहरुको सम्बन्धमा विस्तारै दरार उत्पन्न हुन्छ । सार्वजनिक ट्रेलरको अन्तिम द्रिश्यमा ट्रेनभित्र नाजिरले बन्दुक तेर्साएर सृष्टिलाई अपहरण गर्न खोजेको देखिन्छ । कलाकार बुद्धि तामाङ (हैट) ‘न्यारेटर’ बनेको ट्रेलरले फिल्मको कथावस्तु रोमान्चक रहेको बुज्न सकिन्छ ।
३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनी स्वयंकै स्क्रिप्ट लेखन छ । यसमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल लगायतको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता तथा अमितेष शाह सहायक निर्मातामा छन् । फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा राजीव कर्णको कोरियोग्राफी रहेको छ । यो फिल्म आगामी कार्तिक ३० गते देखी प्रदर्शनमा आउँदैछ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd