logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ‘पहाड’ विपिन र वर्षा फेरी एकसाथ दोहोरिदै

    ‘पहाड’ विपिन र वर्षा फेरी एकसाथ दोहोरिदै

    871
    SHARES
    ‘पहाड’ विपिन र वर्षा फेरी एकसाथ दोहोरिदै

    नेपाली फिल्म जगतको ईतिहासमा एकाध कलाकारको जोडी दोहोरिने गरेको पाइन्छ । यो कुराको लागि दुईवटा कारण प्रमुख मानिन्छ पहिलो फिल्मले हासिल गरेको व्यावसायिक सफलता र दोस्रो दर्शकले सो जोडी मन पराएको अवस्थामा पनि कलाकारको जोडीले निरन्तरता पाएको देखिन्छ ।
    नेपाली फिल्म क्षेत्रमा दयाहाङ राई र मिरुना मगरपछि कुनै जोडी निकै रुचाइएको छ भने ती विपिन कार्की र वर्षा राउत नै हुन् । उनीहरु सँगै काम गरेको फिल्म संख्या डबल ह्याट्रिक पार भएको छ । अर्थात् अहिलेसम्म ६ वटा फिल्ममा यो जोडी एकसाथ देखिएका छन् । ‘जात्रा’, ‘गोपी’, ‘जात्रै जात्रा’, ‘के घर के डेरा’, ‘महाजात्रा’ र ‘तेल भिसा’ यो जोडी सँगै प्रस्तुत भएका फिल्म हुन् ।
    विपिन र वर्षालेसंगै काम गरेको ६ चलचित्र मध्य सबैभन्दा सफल ‘जात्रा’ श्रृंखलालाई मान्न सकिन्छ । ‘के घर के डेरा’ औसत रुपमा सफल रहयो भने ‘गोपी’ डिजास्टर साबित बन्यो । ‘तेल भिसा’ अहिले हलमा प्रदर्शन भइरहेकाले हिट र फ्लप निस्चित गर्न अझ केही समय पर्खिनुपर्ने हुन्छ ।यो फिल्म सफल होस वा असफल, उनीहरुको जोडी भने सफल नै मानिएको छ । अब सातौंपटक उनीहरु फेरी नयाँ फिल्ममा काम गर्ने भएका छन ।
    निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’मा विपिन र वर्षाको जोडी देखिन लागेको हो । विपिन फिल्ममा निश्चित भइसकेका छन् भने वर्षासँग कागजी सम्झौता हुन बाँकी रहेको छ । तैपनी, उनीले काम गर्ने निर्णय गरिसकेकी छीन् । आगामी माघ पहिलो साताबाट छायांकनमा जान लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्रीको पनि अभिनय रहनेछ ।
    यो फिल्मबाट तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा कम्ब्याक गर्न लागेका हुन् । उनी निर्देशित पछिल्लो फिल्म ‘दर्पण छाँया २’ (२०१७) हो । ‘पहाड’ उनको २३औं फिल्मको रुपमा रहनेछ । उनले आफ्नो करिअरमा २५ वटा फिल्म बनाउने लक्ष्य लिएक छन् । उनी निर्देशित ‘बलिदान’, ‘दर्पण छाँया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता फिल्म यादगार मानिन्छन् ।




    मंगलबार, ११ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go