logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग विवाह गर्ने

    स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग विवाह गर्ने

    897
    SHARES
    स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग विवाह गर्ने

    गायिका स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग विवाह गर्ने भएकी छीन्। प्राप्त जानकारी अनुसार गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना हुने भएको छ । यो जोडीले इन्गेजमेन्ट गरिसकेका छन् । स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठलाई प्रेमीको रुपमा रहेको र चाडै उ आफ्नो जीवनसाथी हुन लागेको कुरा केही दिन अघी भनेकी थियिन् ।
    इन्स्टाग्राम भिडियो क्याप्सनअनुसार यो जोडी विद्यालय कालदेखि नै प्रेममा रहेको अनुमान लगाउन सकिन्छ ।
    २६ वर्षिया स्मिता लेख्छिन्, ‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैंको लागि योजना बनाउँदासम्म । हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातीसम्मको कुराकानी र शान्त क्षणको यात्रा । साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीको लागि धन्यवाद । मेरो औंला वरिपरि बेरिएको वाचाको लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद । यहाँ हाम्रो सुरुवातको लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनको लागि । म तिम्रो हुनको लागि पर्खन सक्दिन, सधैं र सधैं । मेरो सारा हृदयले, तिम्रो ।’
    सायुज्यले एमबीए अर्थात व्यवस्थापनमा स्नातकोत्तर गरेका छन। उनी व्यवसायी पनि रहेको बुझिएको छ । स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छीन् । ‘मायालु तिमी कता छौ’ उनको हिट गीत हो । उनी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।




    मंगलबार, ११ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go