logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी

    बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी

    351
    SHARES
    बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी

    ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतबस चोरी गरिएको उजुरीमा उल्लेख छ ।
    उजुरीमा भनिएको छ, ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ । र, उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (फिल्म निर्देशक)लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण फिल्म निर्माण सम्बन्धमा छलफल गरिएको हो ।’
    लेखक लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले फिल्मका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी सृजनामाथिको प्रतिलिपि अधिकार हनन् हुनबाट जोगाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । फिल्ममा जस्तै ‘लाज’ पनि बाबु–छोराको कथामा रहेको उनको दाबी छ ।
    उजुरी दिनु केही दिन अघी पनि लेखकले सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो फिल्म कथा ‘लाज’को थिम र केही प्लट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा चोरिएको आरोप लगाएका थिए
    उनले सामाजिक सञ्जालमा लेखेका छन् ,’अस्ति बेलुका चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछि म छाङाबाट खसेझैँ भए । म छटपटिए । किनभने मैले लेखेको चलचित्र ‘लाज’को थिम र केहि प्लट चोरिएको पाए । मेरो कथा बाबु बल्ली र छोरो बुधेको कथा हो । बाउले छोराको स्कुल ड्रेस सिलाउन र छोराले सुख पावस र पढि लेखि ठुलो मान्छे बनोस् भनी मृत्यु रोजेको एउटा बाउको कठिन सङ्घर्षको कथा हो ।’



    उनले आफ्नो पोस्ट्मा भनेका छन, ‘जब पहिलो पटक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को थिम पोस्टर सार्वजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो । एउटा सारङ्गी रेट्ने बाबुले आफ्नो छोरोलाई काँधमा हालेर हिँडेको थिम पोस्टर थियो त्यो‘, उनले अगाडि भनेका छन् ‘म झस्किनुको कारण के थियो भने उक्त घोषणा गरिएको फिल्मको कथा ÷ निर्देशक सरोज पौडेलको थियो । सरोज पौडेल तिनै व्यक्ति थिए जसलाई दुई वर्ष पहिले अनामनगरस्थित गोर्खा एफएमचोक छेउको एक चिया पसलमा भेट्दा मैले गर्न खोजिरहेको चलचित्र ‘लाज’को २२औं ड्राफ्ट वाला स्क्रिप्ट बेलिबिस्तार लगाउँदै मजाले सुनाएको थिए ।’
    ‘पूर्णबहादुरको सारङ्गी’ले अहिले आक्रामक व्यवसाय गरिरहेको छ । नेपालको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल ‘पूर्णबहादुरको सारङ्गी’ सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा पौडेलले आफ्नो बुबाको निधन भएपछि महसुस भएको विषय बताउँदै आएका छन् ।
    फिल्मको कथालाई केही दिन अघी उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको आरोप लगाएका थिए । बस्यालले फिल्म हेरिसकेपछि फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार समेत प्रस्तुत गरेका थिए ।


    आइतबार, १६ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go