logo

२०८३ साउन ५ मंगलबार

‘साली हो भाटु हो’ गीत सार्वजनिक

‘साली हो भाटु हो’ गीत सार्वजनिक

2.8K
SHARES
‘साली हो भाटु हो’ गीत सार्वजनिक

गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ । यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ । चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् ।



जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो । यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।


आइतबार, १६ मंसिर २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go