logo

२०८३ साउन २९ शुक्रबार

‘वसन्त’को पहिलो गीत रिलिज

‘वसन्त’को पहिलो गीत रिलिज

2.5K
SHARES
‘वसन्त’को पहिलो गीत रिलिज

गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशन रहेको फिल्म ‘वसन्त’को पहिलो गीत रिलिज भएको छ । रिलिज भएको ‘साँझ प¥यो झमक्क’ वोलको गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ ।
गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र प्रकाश सपूत र स्वस्तिमा खड्काबीचको प्रेमलाई देखाइएको छ ।
आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पल, श्री शिवांसी, उर्मिला लमगडे, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको अभिनय छ ।




मंगलबार, १ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go