बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बिहीबार बिहान साढे २ बजे सैफको घरमा पसेका एक अज्ञात व्यक्तिले उनको गाला, पिठ्यूँ, हात र टाउकोमा चक्कु प्रहार गरेको भारतीय मिडियाले जनाएका छन् । घटनाको लगतै सैफलाई मुम्बईको बान्द्रामा अवस्थित लीलावती अस्पताल लगिएको थियो । त्यहाँ उनको सर्जरी गरिएको छ ।
लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीका अनुसार सैफमाथि ६ पटक चक्कु प्रहार गरिएको छ । तीमध्ये दुईवटा घाउ गहिरो छन् । एउटा घाउ मेरुदण्डको छेउमा रहेको उनले बताए । यद्यपि, सैफको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । घटनालाई लिएर प्रहरीले छानबिन सुरु गरिसकेको वताउदै गए राति एक व्यक्ति सैफको घरमा पसेर पहिला उनको घरेलु महिला कामदारसँग झगडा गरेका थिए । जब ती व्यक्तिलाई सैफले शान्त पार्न खोजे, त्यसबेला उनीमाथि आक्रमण भएको जनाइएको छ । उक्त घटना लुटपाटको लागि भएको हुनसक्ने प्रहरीको प्रारम्भीक निष्कर्ष छ ।
सैफ अली खान परिवारसहित मुम्बईको बान्द्रास्थित सतगुरु शरण अपार्टमेन्टमा बस्ने गरेका छन् । घटनाको समयमा भने उनकी श्रीमती करीना कपूर घरमा नरहेको जनाइएको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd