logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘सारंग’को ‘तिमी नै हौ’ वोलको गीतपनि रिलिज

    ‘सारंग’को ‘तिमी नै हौ’ वोलको गीतपनि रिलिज

    273
    SHARES
    ‘सारंग’को ‘तिमी नै हौ’ वोलको गीतपनि रिलिज

    यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को ‘तिमी नै हौ’ वोलको गीतपनि रिलिज गरिएको छ । गीतमा देवेन्द्र बरालको स्वर रहेको छ भने शंकर थापा ‘स्माइल’को संगीत तथा सुमन सिंगलको शब्द रचना रहेको छ ।े गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र आदित्य कार्की र सम्राट थापाबीचको मित्रता देखाइएको छ ।
    प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आदित्य र सम्राटसहित ऋचा शर्मा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
    दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको ‘सारंग’लाइ प्रेम तामाङ र फूलमाया तामाङले निर्माण गरेका हुन । फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, गोपाल रायको डिओपी, मित्र डि गुरुङको सम्पादन रहेको छ ।




    शुक्रबार, ४ माघ २०८१
    सम्बन्धित समाचार
    Go