आगामी फागुन २ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘‘रंगी’’ को दोस्रो गीत ‘‘तिम्रो संसारमा’’ सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको गीतमा भिम बि.सी र रजज्ञा श्रेष्ठको स्वर सुन्न सकिन्छ । गायक बि.सी स्वंयमको शब्द,संगीत र रचना रहेको यस गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन ।
गीतमा बुवा र छोरि बिचको गहिरो पे्रम र अठोट सम्बन्धलाई उजागर गरेको छ । पर्दामा बुवाको रुपमा सलोन बस्नेत र छोरीको रुपमा बालकलकार आयुषीको अभिनय देखिएको छ । त्यस्तै समग्र म्यूजिक भिडियोमा नम्रता श्रेष्ठ,उत्तम के.सी, विशाल पहरी र सुमिन गुरुङको अभिनय पनि देख्न सकिन्छ ।
गीतले यूटुबमा अपलोड भएको १ दिनमै २ लाख भन्दा बढि भ्यूज प्राप्त गरेको छ । दर्शकहरुले ‘‘राम्रो गीत’’ भन्दै प्रतिक्रिया जनाएका छन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd