logo

२०८३ जेष्ठ १९ मंगलबार

logo
  • मंगलबार, १९ जेष्ठ २०८३
  • ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने

    ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने

    3.3K
    SHARES
    ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने

    सफलताका साथ नेपाल, जापानसहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन सुरु हुने अस्ट्रेलियामा वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए ।

    यस चलचित्रको अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशी संग साथ सहकार्य गरेका छन् । वितरक क्षेत्रीले केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केहीको लागि भने बुकिङ ओपन गरेको बताए । जसको लागि इस्सा भाइब इभेन्टको फेसबुक पेजमा सम्पर्क गर्न सकिने उनले जनाए ।

    नेपालमा दोस्रो हप्तामा चलिरहेको ‘एक्टर: टेक वन’लाई दर्शकबाट ‘टेक टू’को पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको चलचित्र ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ । यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन् । प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुनः प्रमाणित गरेका छन् । नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ । केही वर्षको अन्तरालमा चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ ।

    यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।


    सोमबार, २८ माघ २०८१
    सम्बन्धित समाचार
    छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि सुरु भएको छ ।  चलचित्र विकास बोर्डको सहकार्य तथाआदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव सुरु भएको हो । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।  महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशराज दाहालले मैनबत्ती बालेर उद्घाटन गरे । उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।  आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित छैन । यसलाई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोकज्ञान र सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यमबाट पुनःस्थापित गर्ने अभियानका रूपमा लिइएको छ ।  महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ ।  महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।  कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरुङ निर्देशित ‘ङोल्स्यो रामरानी’ र अशोक आले मगर निर्देशित ‘दिलसरा’ प्रदर्शन हुनेछन् ।  यस्तै लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन् ।  वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ ।  महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
    ताजा अपडेट
    Go