logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • ‘११ः५५’ को टिजर सार्वजनिक

    ‘११ः५५’ को टिजर सार्वजनिक

    • kollywood_khabar
    • बिहिबार, ८ फाल्गुन २०८१
    520
    SHARES
    ‘११ः५५’ को टिजर सार्वजनिक

    केशव पाण्डेको निर्देशनमा बनेको फिल्म ‘११ः५५’ को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक करिब १ मिनेटको ३४ सेकेण्ड लम्बाइको टिरजरमा रोमान्टिङ र बदलाको दृश्यलाई देखाइएको छ । टिजरका अनुसार फिल्ममा एक्सन पनि भरपुरमा मात्रामा देख्न सकिने अनुमान छ । विशेष गरि फिल्मको टिजरले प्रेम, विश्वास र धोकाको कथा वस्तुलाई चित्रण गरेको छ । टिजरमा कुनै पनि मानिसहरु आफ्नो व्यक्तिगत स्वार्थको लागी, जुनसुकै हदसम्म पनि जान सक्ने भाव प्रकट गरेको देख्न सकिन्छ । त्यस्तै, आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको क्राइम–थ्रिलर फिल्म ‘११ः५५’ मा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनाल लगायतको अभिनय छ । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको फिल्ममा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठको साउण्ड डिजाइन, प्रद्युमन मिश्रको डिओपी तथा रामशरण उप्रेतीको सिनेमेटोग्राफी छ । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।


    बिहिबार, ८ फाल्गुन २०८१
    सम्बन्धित समाचार
    Go