logo

२०८२ फाल्गुन २७ बुधबार

logo
  • बुधबार, २७ फाल्गुन २०८२
  • प्रचारप्रसार नगर्न उक्त आदेश

    प्रचारप्रसार नगर्न उक्त आदेश

    • kollywood_khabar
    • बिहिबार, ८ फाल्गुन २०८१
    1.5K
    SHARES
    प्रचारप्रसार नगर्न उक्त आदेश

    पहिल्लो समयमा नेपाली फिल्म ईन्ड्रष्टीमा निर्माण भएका फिल्महरु विवादमा पर्ने क्रम तिव्र देखिएका छन । केहि समय अघि मात्रै फिल्म ‘एक्टर’ टेक वन र फिल्म ‘एक्टर’ बिचको विवाद निकै चर्चाको शिखरमा थियो । उक्त विवाद सेलाउन नपाउदै कुमार कट्टेलको निर्देशनमा निर्माण गरिएको फिल्म ‘लाज शरणम’ पनि विवादको चर्चामा आएको छ । नेपाली कांग्रसका नेता तथा पुर्व श्रममन्त्री मोहम्मद आफताव आलमले आफ्नो अनुहार संगै हुबहु मिल्ने गरि अभिनय गरेको भन्दै मुद्धा दायर गरेपछि, उक्त फिल्मलाई प्रचारप्रसार रोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । मंगलबार उनको मुद्धा सुनुवाई गर्दे न्यायाधीसद्धय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मलाई केन्द्रिय चलचित्र जाँच समितिले अनुमति नदिई प्रचारप्रसार नगर्न उक्त आदेश दिएको हो । फिल्म ‘लाज शरणम’ को भुमिकामा रहेका पात्र सिताराम कट्टेलको अभिनय, आफ्नो आवरण संग मिलेको भन्दै पुर्वमन्त्री मोहम्मदले मुद्धा दायर गरेका हुन । यहि १४ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘लाज शरणम’ मा सिताराम कट्टेल सहित कुमार कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल लगायतको अभिनय छ । फिल्मको ट्रेलर बुधबार सार्वजनिक गर्ने तयारी थियो भने, उच्च अदालतको आदेशको कारण स्थगीत भएको छ ।


    बिहिबार, ८ फाल्गुन २०८१
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go