logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

    मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

    • kollywood_khabar
    • बिहिबार, २९ फाल्गुन २०८१
    247
    SHARES
    मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

    चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

    तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ ।

    उनको यो लुक्सले उनी खलपात्रको रुपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

    होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले शुभकामना हो वा चलचित्रमा नै होलीको सिन छ, त्यो भने निर्माणपक्षले प्रष्ट पारेको छैन ।

    तर, तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन पनि सक्ने सामान्य अनुमान गर्न भने सकिन्छ ।

    यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो । जहाँ उनी कुर्थासुरुवालमा देखिएकी थिइन् ।

    ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको छ

    चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

    एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो ।

    ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

    एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

    ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

    केही समयअघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ ।

    आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

    निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

    निर्माणपक्षले ‘कर्मा’को टिजर भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।


    बिहिबार, २९ फाल्गुन २०८१
    सम्बन्धित समाचार
    Go