logo

२०८३ जेष्ठ ३१ आइतबार

logo
  • आइतबार, ३१ जेष्ठ २०८३
  • १० करोड क्लबतर्फ ‘लालीबजार’

    १० करोड क्लबतर्फ ‘लालीबजार’

    130
    SHARES
    १० करोड क्लबतर्फ ‘लालीबजार’

    गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि उत्साहजनक दर्शक सहभागितासहित प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गरेको फिल्मले देशभर १ सय ९२ शो प्राप्त गरेको छ । शनिबार अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो । प्राप्त शोमध्ये ९० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको र अधिकांश शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।

    चौथो सातामा पनि हलमा दर्शकको उस्तै चाप र उत्साह देखिएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा तथा कार्यकारी निर्माता प्रदीप भट्टराईले विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए । उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिए ।


    सोमबार, १८ जेष्ठ २०८३
    सम्बन्धित समाचार
    Go