logo

२०८२ मंसिर २० शुक्रबार

logo
  • शुक्रबार, २० मंसिर २०८२
  • ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु

    ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु

    1.2K
    SHARES
    ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु

    चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।

    ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ ।

    “हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।”

    उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।

    सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।

    चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ ।

    यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

    सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो ।

    मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।

    यो चलचित्रमा शरद महतोको डिओपी रहने छ ।

    विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।


    बुधबार, १२ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go