logo

२०८२ माघ ११ शनिबार

logo
  • शनिबार, ११ माघ २०८२
  • ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा

    ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा

    1.3K
    SHARES
    ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा

    चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो ।

    उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक रहेका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ ।

    “चलचित्र लाज शरणम् सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रलाई उपलब्ध शो मा दर्शकको संख्या उच्च छ ।”

    ‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

    चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ ।

    ‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् ।

    जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।


    बुधबार, १२ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go