logo

२०८२ मंसिर २१ शनिबार

logo
  • शनिबार, २१ मंसिर २०८२
  • नयाँ सदस्य लोहनीको स्वागत

    नयाँ सदस्य लोहनीको स्वागत

    1.1K
    SHARES
    नयाँ सदस्य लोहनीको स्वागत

    नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरेसँगै आइतबार बोर्डले नयाँ सदस्य लोहनीको स्वागत र कार्यकाल पूरा भएका राजु खत्रीको विदाई गरेको छ। खत्रीको कार्यकाल चैत्र १८ सम्म रहेको भएतापनि १८ गते सार्वजनिक बिदा परेकाले आइतबारै उनलाई विदाई गरिएको हो।

    नवनियुक्त सदस्य सन्तोष बाबु लोहनी नेपाली चलचित्र क्षेत्रमा निर्देशन, अभिनय र निर्माण गर्दै आएका एक प्रतिष्ठित व्यक्तित्व हुन्। उनले ‘अपमान’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका थिए। ‘नारी, द वुमन’ र ‘शुभलभ’ जस्ता चलचित्रहरूको निर्देशन गरेका लोहनीले ‘जय विजय’ जस्ता चर्चित चलचित्रहरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। अभिनयका साथै उनले ‘सतरङ्गी’, ‘हलो नेपाल’ जस्ता टेलिभिजन कार्यक्रमहरूको निर्माण, निर्देशन र प्रस्तुति पनि गरेका छन्।

    आइतबार साँझ सम्पन्न चलचित्र विकास बोर्डको ७४५औं बैठकमा लोहनीलाई प्रवक्ताको रूपमा नियुक्त गरिएको छ। साथै, उनलाई बक्स अफिस कार्यान्वयन, चलचित्र अन्तर्राष्ट्रिय प्रवर्द्धन, आर्थिक सहयोग सिफारिस र मोफसल चलचित्र मूल्याङ्कन समितिको संयोजकको जिम्मेवारी दिइएको छ।

    बोर्डमा रहँदा राजु खत्रीले नेपाली चलचित्रको प्रवर्द्धन, नीति निर्माण र फिल्म क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। चलचित्र विकास बोर्डले उनको सेवा र योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ।

    नयाँ सदस्य लोहनीले चलचित्र क्षेत्रको प्रवर्द्धन, गुणस्तरीय सुधार र अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहुँच विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। बोर्डले उनको सफल कार्यकालको कामना गरेको छ।


    सोमबार, १७ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go