logo

२०८२ मंसिर २२ आइतबार

logo
  • आइतबार, २२ मंसिर २०८२
  • ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा

    ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा

    2.4K
    SHARES
    ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा

    चलचित्र ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ । नेपालसहति विभिन्न देशमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो ।

    ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै चलचित्र ‘कर्मा’को ओभरसिज माकेर्टमा डिमान्ड थप बढ्ने निश्चित छ ।

    बिहीबार सार्वनिक ‘कर्मा’को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ । सिनेमा रिलिजको मिति नजिकिँदै जाँदा ट्रेलरले चलचित्रको हाइप बढाइरहेको छ ।

    ट्रेलरमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएका छन् ।

    सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ ।

    आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ ।

    विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भनेका छन् ।

    ‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

    ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

    एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

    ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

    यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

    तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

    आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

    निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।


    आइतबार, २३ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go