logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • ‘द महावीर’ निर्माणको घोषणा

    ‘द महावीर’ निर्माणको घोषणा

    1.1K
    SHARES
    ‘द महावीर’ निर्माणको घोषणा

    चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।

    जिबी आग्रीले निर्देशन गर्ने चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ ।

    दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ । बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ, यो युद्धको संकेत हो ।

    चलचित्रको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जित भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ ।

    चलचित्रको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन् ।

    लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन् ।

    कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन् । डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् ।

    हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्रमा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ ।

    चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन । रिलिज डेट पनि घोषणा गरेको छैन ।

    निर्देशक जिबी आग्रीले भने, “हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौँ,” “हाम्रो चलचित्रको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।”


    आइतबार, २३ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go