logo

२०८२ माघ १० शुक्रबार

logo
  • शुक्रबार, १० माघ २०८२
  • ‘कर्मा’ ले दर्शकको मन जित्दै, युट्युब ट्रेन्डिङ कब्जा

    ‘कर्मा’ ले दर्शकको मन जित्दै, युट्युब ट्रेन्डिङ कब्जा

    1.1K
    SHARES
    ‘कर्मा’ ले दर्शकको मन जित्दै, युट्युब ट्रेन्डिङ कब्जा

    काठमाडौं । नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कर्मा’ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल भएको छ ।

    ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित यो चलचित्रको ट्रेलर, टाइटल गीत र सिनेमामा समावेश ‘पागल’ बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन् ।

    टिजर, ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको ध्यान खिच्न सफल भइसकेका छन् । केही दिन अघि सार्वजनिक भएका चलचित्रका ट्रेलर र गीतले हाल युट्युबमा ट्रेन्ड गरिरहेका छन् ।

    प्रदर्शन मितिसम्म ट्रेन्डिङ र हाइपको यो गति कायमै रह्यो भने ‘कर्मा’ ले बक्स अफिसमा समेत उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरिएको छ । ट्रेलर र गीतहरूमाथि दर्शकले दिएका प्रतिक्रियाहरू हेर्दा ‘कर्मा’ले हलसम्म दर्शक तान्ने सम्भावना बलियो देखिन्छ ।

    लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको यस चलचित्रमा समावेश ‘पागल’ बोलको गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । गायक केसीकै शब्द तथा संगीत रहेको यो गीत युट्युबको म्युजिक सेक्सन अन्तर्गत २ नम्बर ट्रेन्डिङमा छ ।

    सोमवार सार्वजनिक गरिएको ‘पागल’ गीत युट्युबमा १३ लाख २२ हजार पटक हेरिएको छ । चलचित्रका लागि पहिलो पटक गीत गाएका सुशान्तको यस गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् । गीत राम्रो लागेको भन्दै दर्शकले हलमा ‘कर्मा’ हेर्न जाने बताइरहेका छन् ।

    त्यस्तै, गत बिहीबार सार्वजनिक भएको ‘कर्मा’को ट्रेलर युट्युबको मुभी सेक्सनको ६ औं नम्बर ट्रेन्डिङमा छ । नेपालसहति विभिन्न देशको युट्युब ट्रेन्डिङमा परेको ट्रेलर हालसम्म ९ लाख ९६ हजार पटक हेरिएको छ ।

    सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । जसलाई छोटो समयमै दर्शकले अत्यधिक मन पराएका छन् ।

    यसैबीच, अहिले सर्वाधिक चर्चामा रहेका गायक दुर्गेश थापाले गाएको ‘कर्मा’ बोलको टाइटल गीत युट्युब ट्रेन्डिङमा ट्रेन्ड गरिरहेको छ ।

    आइतवार साझ सार्वजनिक गरिएको टाइटल गीत सार्वजनिक भएको पाँच घण्टामै ट्रेन्डिङमा पर्न सफल भएको । हाल यो टाइटल गीत म्युजिक सेक्सन अन्तर्गत १४ नम्बर ट्रेन्डिङमा छ ।

    दुर्गेश स्वयंको शब्द तथा संगीत रहेको असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको यस गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ ।

    यसअघि सार्वजनिक भएको ट्रेलर र सुशान्तले गाएको गीतले दर्शक माझ राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप निर्माण गरेको छ ।

    दुर्गेशले गाएको टाइटल गीत अहिलेसम्म ३ लाख १० हजार भन्दा बढी दर्शकले हेरेका छन् र भ्यूजको संख्यामा समेत गति बढिरहेको छ ।

    नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘कर्मा’ नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुँदै छ । यो सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

    आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

    एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ ।

    वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ ।

    चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।


    सोमबार, २४ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go