logo

२०८२ माघ १२ आइतबार

logo
  • आइतबार, १२ माघ २०८२
  • ‘मैना’ निर्माणको घोषणा

    ‘मैना’ निर्माणको घोषणा

    1.2K
    SHARES
    ‘मैना’ निर्माणको घोषणा

    चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका हुन् ।

    चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ ।

    यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

    भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।

    सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन् ।

    चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ । सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।

    थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ । चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ ।

    चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन । निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए ।

    सिनेमाको नाम अनुसार, चलचित्रको मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान छ । यद्यपि, यसबारे निर्माणपक्षले मुख खोलेको छैन ।

    चलचित्र कहिले रिलिज हुने यसबारे पनि निर्माणपक्षले केही समयपछि जानकारी दिने निर्देशक भट्टराईले बताए ।


    बुधबार, ३ बैशाख २०८२
    सम्बन्धित समाचार
    Go