logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • सुजन चापागाईँको कन्सर्टसहित पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम आयोजना हुने

    सुजन चापागाईँको कन्सर्टसहित पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम आयोजना हुने

    • kollywood_khabar
    • शुक्रबार, १२ बैशाख २०८२
    260
    SHARES
    सुजन चापागाईँको कन्सर्टसहित पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम आयोजना हुने

    आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन यस चलचित्रका गीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाईँ चलचित्रका प्रमुख कलाकारहरूसहित देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएका छन् । ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । सुजनसँगै चलचित्रका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहनेछ ।

    पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् । त्यस्तै, झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश छ ।

    त्यसै गरी, धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।

    हालै सार्वजनिक भएको यस चलचित्रको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा निकै चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् ।

    चलचित्रको ट्रेलर सार्वजनिक भने काठमाडौँमा वैशाख १६ गते साँझ ४ बजे गरिने तयारी छ ।


    शुक्रबार, १२ बैशाख २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go