logo

२०८२ जेष्ठ ११ शनिबार

logo
  • शनिबार, ११ जेष्ठ २०८२
  • ‘जार’ वैशाख २६ गते रिलिज हुँदै

    ‘जार’ वैशाख २६ गते रिलिज हुँदै

    • kollywood_khabar
    • शुक्रबार, १९ बैशाख २०८२
    195
    SHARES
    ‘जार’ वैशाख २६ गते रिलिज हुँदै

    नेपाली कथानक चलचित्र ‘जार’ वैशाख २६ गते रिलिज हुँदैछ ।

    सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको चलचित्रमा चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

    चलचित्रमार्फत अभिनेत्री गिताञ्जली देखिँदा उनी नेपाली दर्शकका लागि फ्रेस अनुहार हुनभन्दा हुनेछ । किनकी ‘जार’मा उनी देखिँदा दर्शकले नयाँ कलाकारको अभिनय देख्न पाउनेछन् । अर्थात् ‘जार’मा एउटै नायिका दोहोरिरने अवस्था दर्शकले देख्नुपर्ने छैन ।

    गीताञ्जली थापा नेपाली सिनेमाका लागि दोहोरिरहेको नाम नभए पनि उनी उम्दा कलाकार हुन् । नेपालमा मात्रै होइन बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी कलाकार हुन् ।

    भारमा उम्दा कलाकार मात्रै होइन उजी राष्ट्रिय अवार्ड विनर आर्टिस्ट पनि हुन् । गीताञ्जली ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् ।

    यतिमात्रै होइन नेटफ्लिक्सका प्रयोगकर्ताका लागि परिचित नाम हो, गीताञ्जली । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छन् ।

    उनका सिनेमाले नेपाल र भारतमा मात्रै होइन विश्व फन्को मारिसकेका छन् । विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा उनका चलचित्र स्क्रिनिङ भइसकेका छन् । वर्ल्ड सिनेमाका दर्शकले गीताञ्जलीका चलचित्र हेरिसकेका छन् ।

    गीताञ्जली अभिनित सिनेमा टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वचर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । त्यसैले उनको अभिनयको कुशलताले ‘जार’लाई थप उचाइ दिएको निर्माणपक्षले बताएको छ ।

    नयाँ र फ्रेस अनुहारमार्फत कथा भन्दा दर्शकलाई कथा बुभलाउन सहज हुन्छ, सिनेमा विश्वस्नीय हुन्छ । यो सुविधा ‘जार’ले गीताञ्जलीमार्फत पाएको छ ।

    ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

    इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए ।

    ‘जार’लाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । चलचित्र ‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ ।

    फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ ।

    होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

    चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

    सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

    चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

    यो चलचित्रको सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । ‘जार’ हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

    चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए । कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे ।

    यो चलचित्रले साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ‘जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ । धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेक जसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ


    शुक्रबार, १९ बैशाख २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go