logo

२०८२ माघ २६ आइतबार

logo
  • आइतबार, २६ माघ २०८२
  • सनिशा भट्टराई पहिलोपटक रंगमञ्चमा

    सनिशा भट्टराई पहिलोपटक रंगमञ्चमा

    936
    SHARES
    सनिशा भट्टराई पहिलोपटक रंगमञ्चमा

    पारिजातको चर्चित कृति ‘शिरीषको फूल’ मा आधारित नाटकमार्फत अभिनेत्री सनिशा भट्टराई पहिलोपटक रंगमञ्चमा देखिने भएकी छन्।

    कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकमा उनले प्रमुख पात्र सकम्बरी को भूमिका निर्वाह गर्दैछिन्। कान्तिपुर थिएटर प्रमुख प्रकाश पुरीका अनुसार पात्रको गहिरो भावबोध बुझ्न सक्ने कलाकारको खोजीमा उनीहरूले सनिशालाई रोजेका हुन्।

    नाटकमा उनको अपोजिटमा दशकअघि नेपाली फिल्ममा सक्रिय रहेका अभिनेता जीवन लुइँटेल रहनेछन्। उनले सुयोगवीर को भूमिका निभाउनेछन्। अमेरिका बसाइपछि जीवन रंगमञ्चमा फर्किन लागेका हुन्, र नाटकको तयारीका लागि चाँडै नेपाल फर्किने बताइएको छ।

    नाटकको कार्यशाला सुरु भइसकेको छ, र साउनको पहिलो साताबाट मञ्चन सुरु हुने तयारीमा छ। नाटकको निर्देशन कान्तिपुर फिल्म एकेडेमिकि बिधार्थि पत्रीका घिमिरेले गर्दैछिन ।

    फिल्म ‘१२ गाउँ’ बाट चर्चा कमाएकी सनिशाले पछिल्लो समय ‘नरसिंहा अवतार’ जस्ता फिल्ममा काम गरेकी छन्। अब उनी रंगमञ्चमा शिरिषको फूल जस्तो कालजयि उपन्यासको को चर्चित पात्र ‘सकम्बरी’ को भुमिकामा आफूलाई कसरी प्रस्तुत गर्छिन् भन्ने चासो दर्शकमा रहने देखिन्छ।


    बिहिबार, २६ असार २०८२
    सम्बन्धित समाचार
    Go