logo

२०८२ मंसिर २२ आइतबार

logo
  • आइतबार, २२ मंसिर २०८२
  • ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा सम्पन्न

    ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा सम्पन्न

    429
    SHARES
    ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा सम्पन्न

    नेपाली चलचित्र ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा सम्पन्न गरिएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार चलचित्रका दुई गीतहरू बाहेक अन्य दृश्यहरूको छायाङ्कन सोमबार सकिएको हो। अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिएका छन्।

    ‘परिवर्तन’को छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिका सहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो।

    विजय केरुङको निर्देशनमा तयार भइरहेको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली प्रमुख भूमिकामा रहेका छन्। चलचित्रमा सुशील र अञ्जनाका अतिरिक्त , गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहेको छ।

    यसअघि अभिनेता सुशील श्रेष्ठको एक्सन फोटो बाहिरिएको थियो। एक्सन हिरोको रूपमा परिचय बनाएका श्रेष्ठको यस चलचित्रलाई विशेष प्रतीक्षा गरिएको छ।

    ‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानकमार्फत उजागर गर्ने बताइएको छ।

    निर्माता सिवाकोटीले नै चलचित्रको मूल कथा लेखेका हुन् भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। प्रोडक्सन हेडको भूमिकामा अरुण रेग्मी छन् भने छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन बन्दे प्रसादले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, प्रोडक्सन सहायक साजन बस्ताकोटी, मुख्य सहायक निर्देशन नवराज शर्माको, सहायक निर्देशन विश्व जंग शाही र निशान सुब्बाको र पोस्टर तथा प्रचार सामग्रीको डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन्।

    वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक चलचित्र निर्माण भएको थियो। अब झन्डै पाँच दशकपछि सोही नाममा नयाँ कथासँगै अर्को ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो।

    निर्माण पक्षले चलचित्र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ। अब बाँकी रहेका गीतहरूको छायाङ्कन सकेपछि पोस्ट–प्रोडक्सन कार्य थालिने निर्माता सिवाकोटीले जनाए।


    बुधबार, २२ साउन २०८२
    सम्बन्धित समाचार
    Go