सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।
समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो – द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए। दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ लाई छनोट गरिएको हो।
‘अञ्जिला’ अब ९८औं ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd